अभिभावकहरूले बाबुनानीहरूको पहिलो स्कूल कसरी छान्ने

 

पिनाकल स्कलर्स एकेडमी , कलंकीबाट  शैक्षिक जानकारीका लागि  १२ महत्वपूर्ण  बुंदाहरू नर्सरी  र मोन्टेसरी भर्नाको लागि  निर्णय सहयोगी लेख                                                                                   

सरस्वती पूजाको दिन वा बैशाख महिनामा प्रायजसो नेपालमा आफ्ना साना छोराछोरीहरुलाई स्कूलमा भर्ना गर्ने  अथवा नाम लेखाउने  चलन रहेको छ।   शिक्षाको गुणस्तर भनेको ,पाठ्यक्रम,  शैक्षिक कार्यक्रम तथा नीति, अनुभव,  शिक्षक शिक्षिकाको  योग्यता ,  भौतिक पूर्वाधार,   बालबालिकालाई दिइने माया हौसला , प्रविधि  प्रयोग , प्रतियोगिता , प्रयोग , समन्वय , सिका तथा मनोरंजन गतिविधिहरू लगायत धेरै प्राबिधिक बिषयहरूले निर्धारण गर्छन् । 

सामान्यतया स्कूल भर्ना गर्दा प्रयाप्त जानकारी तथा सूचनाको अभाब रहेकोछ। त्यसैले  तपाइको वरिपरि रहेका शैक्षिक संस्थाहरूका कार्यक्रम विशेषताको आधारमा   सही  निर्णय लिन सहयोग होस् भनेर केही  निर्णयसहयोगी    महत्वपूर्ण बुंदाहरु तल समेटिएको छ। 

   सूची  बनाएर स्कूलहरूको विशेषता लेखी  तुलनागरी आफ्नो बालबालिकाकोलागि सही स्कूल छान्ने।   लेखेर तुलना गरे  सही  निर्णय लिन सजिलो हुन सक्छ । 

   स्कूल पठाउने उमेर भए नभएको यकिन गर्नुहोस।  बालबालिकाको उमेर धेरै कम भएमा सिकाइमा कठिनाइ आउन सक्छ। 

  आफ्नो घरबाट स्कूलको दूरी सकेसम्म सहज हुँदा  बालबालिकाले आफ्नो लागि समय प्राप्त गर्छन्   स्कूलको आफ्नो रुटमा बस अनुकुल समयमा आउने भए धेरै सहज हुन्छ। 

  स्कूलको पाठ्यक्रम दर्शनको जानकारी लिनुहोस्।  पाठ्यक्रम  तथा दर्शन नेपालमा सामान्यतया  मोन्टेसरी विधि  , शास्त्रीय विधि  , मिस्रित मोन्टेसरी विधि  , बालकेन्द्रित  पाठ्यक्रम लगायत विभिन्न  विधि छन्।  पाठ्यक्रम दर्शनको विषयमा शैक्षिक  क्षेत्रको जानकार व्यक्ति वा स्कूलसंग जानकारी लिनुहोस्। मोन्टेसरी ल्याब भए नभएको जानकारी लिनुहोस् । 

  स्कूलको  बाल खेलकुद पार्क तथा  भौतिक कक्षा बालमैत्री ठूलो  बालबालिकाबाट छुट्टै  भए नभएको हेर्नुहोस् । 

  शिक्षक तथा प्रशाशकको अनुभव , तालिम , सोंच सहज पहुचको मूल्यांकन गर्नुहोस। 

  बिज्ञापनमा प्रयोग भएका विधि शिक्षण सिकाइमा प्रयोग भए नभएको जांच गर्नुहोस। 

  दैनिक पाठ्य घण्टा आफ्नो अनुकुल छान्नुहोस् । 

 भौतिकरुपमा सबै स्कूलहरू  अवलोकन  गरी हरियाली वातावरण, कक्षा स्थान  हेर्नुहोस मूल्यांकन गर्नुहोस। 

१०  शुल्क तथा लाग्ने सम्पूर्ण खर्चको  हिसाब गर्नुहोस उपयुक्त स्कूल छान्नुहोस्।     महंगो हुँदैमा राम्रो  शिक्षा हुन्छ भन्ने छैन , आफुलाई उपयुक्त स्कूल छानी  स्कूल बाबुनानी हरुसंगै मिलेर हौसला बढानुहोस्। 

११  प्रेरणा दिने खालको,  सजाय  दवावरहित  शिक्षा , रोज्नुहोस , माग गर्नुहोस र आफूले पनि  दिनुहोस।  

१२     खेलकुद गर्ने उत्कृस्ट ठाउँ भएको  स्कूल छान्नुहोस्।  सक्रियता , संवाद सामाजिक जीवन पनि सिकाइ  हो , यसलाई पनि प्रयाप्त महत्व दिनुहोस्।  बालबालिका खुसी  हुने स्कूल रोज्नुहोस् ।कुनै पनि दवाव   भारि अपेक्षाको बोझ  नदिने, विद्यार्थीको सफलता असफलता दुवैमा  उतिकै मायाले  उसको साथ् दिने स्कूल खोज्नुहोस आफूले   पनि  सोको उत्प्रेरणा दिनुहोस।             

पिनाकल स्कलर्स एकेडमी , कलंकीबाट  शैक्षिक जानकारीका लागि

                                         

 

Comments